कोभिड प्रभावितका लागि कतारमा कार्यरत नेपालीको सहयोग — OSNepal

कोभिड प्रभावितका लागि कतारमा कार्यरत नेपालीको सहयोग

LC (KTM) June 05, 2021 0

कतारमा कार्यरत नेपाली युवाहरुले कोभिड १९ महामारीका कारण समस्यामा परेकाहरुको लागि सहयोग पठाएका छन्। कतार एयरवेजको प्यासेन्जर ट्रान्सपोर्टेसन सेवामा कार्यरत नेपालीको समूहले ७७ हजार ९ सय ४१ रुपैँया सहयोग पठाएका हुन्।

उक्त सहयोग कोभिड प्रभावितका लागि विभिन्न सामाजिक कार्य गरिरहेको हाम्रो टिम नेपाललाई हस्तान्तरण गरिएको छ। समूहका सल्लाहकार कृष्ण वर्मा र राजन थपलियाले सहयोग रकम हाम्रो टिम नेपालको प्रतिनिधिलाई भेटेर हस्तान्तरण गरेका हुन्।

कोभिड १९ को दोश्रो लहरले नराम्रोसँग गाँजिरहेको समयमा कतार एयरवेजमा काम गर्नेहरु मिलेर सानो सहयोग पठाएको समूहका सल्लाहकार वर्माले बताए। सबैको सानो सानो योगदानले महामारीबाट प्रभावितहरुलाई ठूलो सहयोग पुग्ने ठानेर साथीहरुले जम्मा गरेको रकम हस्तान्तरण गर्न आएको उनले जानकारी दिए। हाम्रो टिम नेपालले महामारीको समयमा निशुल्क भोजन गराउनुका साथै अक्सिजनको जोहो गरिदिनेसँगै अन्य विभिन्न सामाजिक काम गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर