कायम मुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए पहिलो पटक न्याय परिषदको बैठक — OSNepal

कायम मुकायम प्रधानन्यायाधीश कार्कीले बोलाए पहिलो पटक न्याय परिषदको बैठक

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले पहिलो पटक न्याय परिषदको बैठक बोलाएका छन् ।

पाँच जना न्यायाधीश रहने विशेष अदालतमा हाल दुई जना मात्र रहेका अवस्थामा कामु प्रधानन्यायात्रीश कार्कीले उक्त रिक्त रहेको पदमा सिफारिस गर्न न्याय परिषद्को बैठक बोलाएका हुन् ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, वरिष्ठतम न्यायाधीशको रुपमा मीरा खड्का र दुई सदस्यहरु रामप्रसाद श्रेष्ठ र रामप्रसाद भण्डारी सहभागी हुने भएको छ । विशेष अदालतमा हाल अध्यक्ष र सदस्य पद रिक्त रहेको छ ।

साथै , आजको न्याय परिषद्को बैठकले अरु न्यायाधीश सरुवा र केहीको पदस्थापनको निर्णयसमेतपरिषदका प्रवक्ता एवं सहसचिव मानबहादुर कार्कीले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर