प्रचण्ड भेटे लगत्तै ओली निवास बालकोट पुगेका गृहमन्त्री खाँडले भने -एमसीसी अनुमोदन गराउन सघाउनुपर्यो — OSNepal

प्रचण्ड भेटे लगत्तै ओली निवास बालकोट पुगेका गृहमन्त्री खाँडले भने -एमसीसी अनुमोदन गराउन सघाउनुपर्यो

LC (KTM) February 23, 2022 0

काठमाडौं ११ फागुन । गृहमन्त्री बालकृष्ण खाँड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । केहि बेर अगाडी मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका गृहमन्त्री खाँड प्रचण्ड भेटेलगत्तै बालकोटा पुगेका हुन् ।

मंगलबार साँझ अध्यक्ष ओली र प्रधानमन्त्री बचि पनि एमसीसीको विषयमा छलफल गर्न भेटवार्ता भएको थियो । देउवाले एमसीसी पास गर्न सहयोग गर्न आग्रह गर्दा ओलीले आफ्नो माग पुरा नभएसम्म कुने पनि प्रस्ताव स्विकार नगर्ने बताएका थिए ।

तर, त्यसको भोली पल्टै आज बुधबार देउवाको दुतको रुपमा गृहन्मन्त्री खाँड बालकोटा पुग्नुलाई भने निकै चासोका साथ हेरिएको छ । सत्ता साझेदार माओवादी र एकिकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने भनेसँगै देउवाको एमालेसँगको छलफल बाक्लिएको हो ।

भोली बिहिबार बस्ने संसद बैठकमा एमसीसीको विषयमा छलफल हुने भएपछि एमसीसीको पक्षमा रहेको कांग्रेसको दौडधुप बाक्लिएको हो । बालेकोट पुगेका खाँडले एमसीसी अनुमोदन गराउन आग्रह गर्दा जवाफ ओलीले गवन्धन टुट्नुपर्ने र संसदमा आफ्नो दल सहभागी हुने वातावरण मिलान प्रस्ताव राखेको जनाएको छ ।

साथै, ओलीले एमसीसीका विषयमा एमाले स्पष्ट रहेको तर एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने प्रस्ताव समेत राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर