भारतीय फिल्मी क्षेत्रका ५० हजार कर्मचारीले निशुल्क कोरोनाको खोप पाउँदै — OSNepal

भारतीय फिल्मी क्षेत्रका ५० हजार कर्मचारीले निशुल्क कोरोनाको खोप पाउँदै

LC (KTM) June 05, 2021 0

दिनरात नभनी एउटा फिल्म सफल बनाउन खटिने सिने क्षेत्रका कर्मचारीहरु यतिबेला कोरोनाको चपेटामा रहेका छन् । उनीहरुलाई कोरोनाको त्रास त छदैछ आर्थिक समस्याले पनि उत्तिकै पिरोली नै रहेको छ ।

तर अब सिने क्षेत्रका कर्मचारीहरुले निशुल्क कोरोना खोप पाउने भएका छन् । भारतीय सिने क्षेत्रमा काम गर्ने ५० हजार कर्मचारीहरुले निःशुल्क कोरोनाविरुद्धको खोप पाउने भएका हुन् ।

उनीहरु सबैलाई भारतको यशराज फिल्म्स, फिल्म निर्माता संघ र र आनन्द बक्शी मिलेर निःशुल्क खोपको व्यवस्था गर्न लागेका हुन्। सबै फिल्मी कर्मचारीहरुलाई यसै महिनाको १० तारिखदेखि खोप लगाउन सुरु गरिने बताइएको छ। यस संगै उनीहरुले राहत महशुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर