कोरोना ओरालो लाग्दै गएको बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै सङ्क्रमित भेटिए — OSNepal

कोरोना ओरालो लाग्दै गएको बेलायतमा दुई महिनापछि सबैभन्दा धेरै सङ्क्रमित भेटिए

LC (KTM) June 05, 2021 0

लन्डन २२ जेठ- बेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा यहाँ शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार यहाँ ६ हजार २३८ जना कोरोनाका सङ्क्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा करिब दुई महिना यताकै धेरै हो । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४५ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ । यहाँ कोरोनाबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको ज्यान गएको पनि पाइएको छ । अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । (रासस÷सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर