पर्यटन व्यवसायीले वितरण गरे अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर राहत — OSNepal

पर्यटन व्यवसायीले वितरण गरे अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर राहत

LC (KTM) June 05, 2021 0

पोखरा २२ जेठ – यहाँका दुई पर्यटन व्यवसायीले समस्यामा परेका १८ अपाङ्गता भएका व्यक्तिलाई घरघरमा पुगेर राहत सामग्री वितरण गरेका छन् । स्वालम्बन जीवन पद्धति केन्द्र पोखराले अपाङ्गता भएकाहरूलाई तत्काल राहत सामग्रीको आवश्यकता भएको जानकारी गराए लगत्तै माउण्ट कैलाशका सञ्चालक नरेश भट्टराई र प्याराडिसो स्पोर्टस् एण्ड र बारका सञ्चालक गोपीबहादुर भट्टराईले खाद्यान्न सामग्री उपलब्ध गराएको केन्द्रका महासचिव अन्जना केसीले जानकारी दिनुभयो ।

“कोरोना महामारीका कारण अहिले निषेधाज्ञा जारी छ, सीपमूलक कामबाट जीवन चलाइरहेका उनीहरूले अहिले काम गर्न पाएका छैनन्, त्यसैगरी अन्यत्र काम गरेर जीवन धान्दै आएका अपाङ्गता भएकाका परिवार पनि अहिले कामविहीन भएका छन्, त्यसैले राहत आवश्यता प¥यो”, केसीले भन्नुभयो, “हामीलाई राहतको आवश्यकता भएको भनेर जोजोले नाम टिपाउनुभयो उहाँहरूको अवस्था हेरेर सहयोगको अपिल गरेका थियाँै, पर्यटन व्यवसायीबाट तत्काल सहयोग मिल्यो ।”

पर्यटन व्यवसायी नरेश भटटराईले यो महामारीमा धेरैलाई समस्या भएको र त्यसमा पनि अपाङ्गता भएकाहरूको अवस्था झनै कष्टकर रहेको खबर पाएपछि सहयोग गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङको समन्वयमा तुरुन्तै लिन आउन असहज भएकालाई राहत सामग्री घरघरमा नै पु¥याउन व्यवस्था गरिएको थियो ।

पोखरा पर्यटन परिषद्का अध्यक्षसमेत रहनु भएका अर्का व्यवसायी गोपीबहादुरले असहज अवस्थमा मानवीय सेवानै धर्म भएकाले सहयोग गरेको बताउनुभयो । उहाँले तत्कालको आवश्यकतालाई हेरेर १८ जनलाई २ हजार ५०० बराबरको खाद्यान्न सामग्री वितरण गरिएको जानकारी दिनुभयो । केन्द्रक अध्यक्ष हेमबहादुर गुरुङ्गले अपाङ्गता भएका व्यक्तिका समस्यालाई तत्काल सम्बोधन गरेर घरघरमै राहत सामग्री पु¥याउन पहल गरेकोमा व्यवसायीद्वयलाई धन्यवाद दिँदै राज्यबाट पनि यस क्षेत्रका व्यक्तिको समस्यालाई तत्काल सम्बोधन गर्न आग्रह गर्नुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर