काठमाडौं १० फागुन । राष्ट्रियसभा सदस्य नेता वामदेव गौतमले अमेरिकी सरकारलाई एमसीसी फिर्ता लैजान आग्रह गरेका छन् । नेता गौतमले आज मंगलबार एक विज्ञप्ती नै जारी अमेरिकी सरकारलाई विनम्रतापूर्वक एमसीसी परियोजना फिर्ता लैजान अनुरोध गरेका हुन् ।
जारी विज्ञप्तीमा भनिएको छ , ‘मैले यसभन्दा पहिले पनि एमसीसी परियोजना फिर्ता लैजान अमेरिकी सरकारलाई विज्ञप्तिमार्फत अनुरोध गरेको थिएँ । तर हुन सकेन । म फेरि पनि अमेरिकी सरकारलाई विनम्रतापूर्वक यो परियोजना फिर्ता लैजान अनुरोध गर्दछु । यसबाट संसारको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिका र कहिल्यै कसैको उपनिवेश हुन नपरेको गौरवगाथाले ओतप्रोत नेपाल राष्ट्रकाबीच रहेको अभूतपूर्व मित्रतापूर्ण सम्बन्धलाई अझै प्रगाढ र सुमधुर बनाउन सहयोग मिल्नेछ’।
यो सम्झौतालाई परिभाषित गर्ने संघीय कानुन नबनिरहेको र देशव्यापी रूपमा जनताले विरोध गरिरहेको अवस्थामा संसदबाट अनुमोदन गराउन प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्नाले पनि यो सरकार नेपाल र नेपाली जनताप्रति इमान्दार छैन भन्ने कुरा स्पष्ट भएको विज्ञप्तीमा उनले भनेका छन् ।
त्यस्तै गौतमले एमसीसी सम्झौतालाई परिभाषित गर्ने संघीय कानुन नबनिरहेको र देशव्यापी रूपमा जनताले विरोध गरिरहेको अवस्थामा संसद्बाट अनुमोदन गराउन प्रतिनिधिसभासमक्ष प्रस्तुत गर्नाले पनि यो सरकार नेपाल र नेपाली जनताप्रति इमान्दार छैन भन्ने कुरा स्पष्ट भएको दाबीसमेत गरेका छन् ।
“यो सम्झौता नेपालको संविधानको धारा २७९ को उपधारा ९१० बमोजिम भनि प्रस्तुत गरिएको छ,तर त्यस धारामा अनुमोदन, सम्मिलन, स्वीकृति वा समर्थन संघीय कानुन बमोजिम हुनेछ भनिएको छ । खै संघीय कानुन ? अनुमोदन गर्ने त परै जाओस, प्रस्तुत गर्न पनि नसकिने अवस्थामा जे काम गरिएको छ त्यो नेपालको संविधानको ठाडो उल्लङ्घन हो ।”