दिल्लीमा कोरोना संक्रमितको संख्या लगातार घट्दो , आज ४१४ जना मात्र नयाँ संक्रमित थपिए — OSNepal

दिल्लीमा कोरोना संक्रमितको संख्या लगातार घट्दो , आज ४१४ जना मात्र नयाँ संक्रमित थपिए

LC (KTM) June 05, 2021 0

भारतको राजधानी दिल्लीमा आज ४१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जुन अढाई महिना यताकै कम संक्रमितको संख्या रहेको छ । पछिल्लो २४ घण्टा यता ६० जनाको ज्यान गएको छ । दिल्लीमा आज पोजेटिभ हुनेको प्रतिशत ०.५३ प्रतिशत रहेको छ ।

दिल्लीमा ६ हजार ७ सय ३१ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुको उपचार भईरहेको छ । स्वास्थ्य बिभागका अनुसार दिल्लीमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल संख्या २४ हजार ५५७ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ६३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । दिल्लीमा ६ दिन यता १ प्रतिशत भन्दा कम संक्रमित भईरहेका छन् । संक्रमणको दर घटिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर