समृद्ध नेपालको यात्रामा अविचलित रहन्छु : निवर्तमान सञ्चारमन्त्री गुरुङ — OSNepal

समृद्ध नेपालको यात्रामा अविचलित रहन्छु : निवर्तमान सञ्चारमन्त्री गुरुङ

LC (KTM) June 05, 2021 0

काठमाडौँ, २२ जेठ – निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट आज नेकपा (एमाले) का केन्द्रीय सदस्य गुरुङले मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएकामा स्वागत गर्दै नवनियुक्त मन्त्रीहरुलाई बधाई र कार्यकाल सफलताको कामना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री ओलीको दृढ राजनीतिक सङ्कल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण व्यक्त गर्नुभयो ।

उहाँले निवर्तमान सञ्चारमन्त्री तथा सरकारको प्रवक्ता एवं त्यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा ‘समृद्ध नेपाल ः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गर्नुभयो कोभिड— १९ महामारीका कारण यो पुस्ताकै सबैभन्दा भयावह मानवीय सङ्कटको सामना गरिएका बेला सरकार परिवर्तनको खेल र अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या अनिश्चिय गुज्रिए पनि कुनै पनि दिन मन्त्रालयको अन्तिम दिन हुन सक्छ भन्ने सोचेरै काम गरेको स्पष्ट पनि गर्नुभएको छ ।

उहाँले आफूले प्रधानमन्त्री ओलीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देशहरु प्रवाह हुन नदिन सचेततापूर्वक कार्य सम्पादन गरेको बताउँदै परिणामस्वरुप १९ महिने कार्यकालमा कुनैपनि पक्षले नकारात्मक आलोचना गर्ने मौकाको अवसर लिन नसकेको जनाउँदै दोलखाबासी जनता, शुभचिन्तक, समर्थक र आफन्तले शीर झुकाउनु र पश्चाताप गर्नु नपरेको भन्नुभएको छ । उहाँले नयाँ मन्त्रीहरुलाई बधाई दिँदै कार्यकाल सफलताको कामना पनि गर्नुभएको छ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर