अख्तियारले तीन लाख ६० हजार बिगो माग दाबी गर्दै वन अधिकृतसहित चार जनाविरुद्ध दायर गर्यो मुद्धा — OSNepal

अख्तियारले तीन लाख ६० हजार बिगो माग दाबी गर्दै वन अधिकृतसहित चार जनाविरुद्ध दायर गर्यो मुद्धा

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । वन कार्यालयका अधिकृतसहित चार जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्ला वन कार्यालय बाराका तत्कालीन वन अधिकृत र सहायक वन अधिकृतसहित चार अख्तियारले जनही तीन लाख ६० हजार बिगो माग दाबी गरी मुद्धा दाय र गरेको हो ।

अख्तियारले जिल्ला वन अधिकृत भैरवप्रसाद घिमिरे र सहायक जिल्ला वन अधिकृत विन्देश्वर पटेल, कार्यालयका सहलेखापाल जनकराज जोशी र जागरण विकास केन्द्र नेपाल, सिम्रौनगढ-११ का अध्यक्ष मदनप्रसाद जैसवारविरुद्ध सोमबार मुद्धा दायर गरेको हो ।

अख्तियारले निजहरुले आर्थिक वर्ष ०७३/०७४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट वृक्षरोपणका लागि तीन लाख ६० हजार विनियोजन गरे पनि वृक्षारोपण नगरी रकम हिनामिना गरेको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर