काठमाडौं १० फागुन । अमेरिकी परियोजना एमसीसी विरुद्धको सर्वोच्च अदालतमा परेको रिटमाथि सर्वोच्चले दरपीठ गरिदिएको छ ।
सर्वोच्चले उक्त रिट संसदमा पेश भइसकेकाले संसदको विशेषाधिकारमा परेको भन्दै दरपीठ गरिदिएको हो ।
अदालतमा दर्ता हुन आएको मुद्धा दर्ता हुन नसक्ने कारण खुलाएर सम्बन्धि पक्षलार्य जानकारी गराउनु नै दलपीठ हो ।
वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता स्वागत नेपालले एमसीसी विरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए ।