अमेरिकामा मार्सल आर्टस एण्ड मेडिटेसन एकेडेमीको बेल्ट टेस्ट सम्पन्न्न — OSNepal

अमेरिकामा मार्सल आर्टस एण्ड मेडिटेसन एकेडेमीको बेल्ट टेस्ट सम्पन्न्न

LC (KTM) February 22, 2022 0

काठमाडौँ । युएस मार्सल आर्टस एण्ड मेडिटेसन एकेडेमीको बेल्ट टेस्ट सम्पन्न्न भएको छ । अमेरिकाको सिलिकन भ्याली क्यालिफोर्नियामा अवस्थित एकेडेमीको उक्त बृहत कार्यक्रम युएस मार्सल आट्स एण्ड मेडिटेसन एकेडेमी, नेपाली मुलुकका तेक्वाण्डो मास्टर प्रकाश थापाले संचालन गरेका हुन् ।

सो अवसरमा फ्रिमन्टको सिटी काउन्सिल मेम्बर टेरेसा केङ प्रमुख आथितीको रूपमा सहभागी भएकी थिइन् । सो अवसरमा मिना बस्नेत र एम महेस्वोरीले उत्कृष्ट अविभावकको अवार्ड जित्न सफल भएका थिए ।

बाल मनोबिज्ञानमा धेरै फाइदा हुने र बच्चाहरुको अनुशासनमा पनि बौदिक तथा शारीरिक कृयाकलापमा धेरै नै परिवर्तन भएको कुरा उक्त कार्यक्रममा सहभागी अविभावकहरुले बताए ।

कार्यक्रममाकी प्रमुख आतिथी सिटी काउन्सिल मेम्बर टेरेसा केङले मास्टर प्रकाश थापाको बारेमा बोल्दै थापाले समाजमा गरेको योग्दानको तारिफका साथै मास्टर थापा आँफैमा एक अनुशासित र मेहेनती व्यक्ति भएको बताइन् । सो अवसरमा १५ जना तेक्वान्डो खेलाडीहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर