युक्रेन र रुसबीच तनाव बढ्दा अष्ट्रेलियाले युक्रेनस्थित आफ्नो दूतावासमा रहेका अधिकारी र कर्मचारीलाई निकाल्यो — OSNepal

युक्रेन र रुसबीच तनाव बढ्दा अष्ट्रेलियाले युक्रेनस्थित आफ्नो दूतावासमा रहेका अधिकारी र कर्मचारीलाई निकाल्यो

LC (KTM) February 22, 2022 0

काठमाडौं १० फागुन । अष्ट्रेलियाले युक्रेनस्थित आफ्नो दूतावासमा रहेका अधिकारी र कर्मचारीलाई निकाल्ने निर्णय गरेको छ। युक्रेन र रुसबीच बढीरहेको

तनावलाई मध्यनजर गर्दै अष्ट्रेलियाले यस्तो निणर्य गरेको हो । दूतावासमा रहेका केही अधिकारी र कर्मचारीहरूलाई रोमानिया र पोल्याण्ड पठाइएको विदेशमन्त्री मारिस पेनेले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

साथै युक्रेन भएका अस्ट्रेलियाली कामदारुहरूलाई रोमानिया पठाइएको जनाइएको छ । हाल युक्रेनमा भएको अष्ट्रेलियाली दूतावासको कामकाज बन्द गरिएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सुरक्षाका कारण युक्रेनमा रहेका बाँकी कूटनीतिज्ञहरूलाई पोल्याण्डको लुवियो जान भनिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर