नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया आजबाट सुरु — OSNepal

नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया आजबाट सुरु

LC (KTM) February 22, 2022 0

काठमाडौ १० फागुन । नेपाल बार एशोसियसनको निर्वाचन प्रक्रिया सुरु भएको छ । यही चैत १९ गते नयाँ नेतृत्वका लागि हुने चुनावको लागि आज मंगलबार निर्वाचन प्रक्रिया सुरु हो ।

आज अपरान्ह्र चार बजे मतदाता नामावली प्रकाशन गरेसँगै बार एशोसिएसनको निर्वाचन प्रक्रिया सुरु निर्वाचन समितिले जनाएको छ ।

१९ गते हुने निवार्चनले १ अध्यक्ष, ८ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष र १४ जना सदस्यसहित केन्द्रीय नेतृत्व चयन गर्ने भएको छ ।

निर्वाचन समितिले दिएको जानकारी अनुसार आज चार बजे मतदाता नामावली प्रकाशन भएपछि फागुन १३ गते भित्र मतदाता नामावलीमा दाबी विरोध गर्न सकिनेछ ।

फागुन २० गते अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर