यति धेरै महँगो महलमा बस्छिन् बाहुबली नायिका तमन्ना भाटिया, महलको चारै दिशाबाट देखिन्छ समुन्द्र (तस्विरसहित) — OSNepal

यति धेरै महँगो महलमा बस्छिन् बाहुबली नायिका तमन्ना भाटिया, महलको चारै दिशाबाट देखिन्छ समुन्द्र (तस्विरसहित)

LC (KTM) June 05, 2021 0

काठमाडौँ । बाहुबली फिल्मकी तमन्ना भाटिया साउथकी चर्चित अभिनेत्री हुन् । उनी साउथ फिल्मको मात्र नभएर बलिउडको पनि चर्चित अभिनेत्री हुन् ।अहिले फेरि उनी चर्चामा आएकी छिन् । मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेपछि उनी समाचारको हेडलाइन बनेकी हुन् ।

उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा ‘चाँद सा रोशन चेहेरा’बाट गरेकी थिइन् । हालसम्म उनले बलिउड र साउथ गरी कैयौँ सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । बाहुबली मा अभिनय गरेपछि उनको चर्चा झनै चुलिएको हो ।

केही समय अघि मात्र उनी आफ्नो नयाँ अपार्टमेन्टको कारण चर्चामा आएकी थिइन् । उनी हाल बस्दै आएको ‘सी भ्यु अपार्टमेन्ट’ मा १६ करोड भारतीय रुपैया खर्च गरेकी छिन् । त्यसका साथै यसको पुणनिर्माणको लागी मात्र ४ दशमलब ५६ करोड भारु खर्च गरेकी छिन् ।जुन अपार्टमेन्टबाट चारैतिर समुन्द्रको रमाइलो दृश्य देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर