ब्रिगेड ब्वाइज सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन जोनमा — OSNepal

ब्रिगेड ब्वाइज सहिद स्मारक ए डिभिजन लिगको रेलिगेसन जोनमा

LC (KTM) February 21, 2022 0

ब्रिगेड ब्वाइज क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको रेलिगेसन जोनमा परेको छ। सोमबार भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३-२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड रेलिगेसनमा जोनमा परेको हो। ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यस अघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।

ब्रिगेड तेस्रो पटक रेलिगेसनमा परेको हो । यस अघि २०६३ र ६८ सालमा ब्रिगेड रेलिगेसनमा परेको थियो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन सुशील राई, दिपक राज सिंह ठकुरी र निरज चौधरीले एक एक गोल गरे । ब्रिगेडका बेर्टराण्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काएका थिए ।

सातदोबाटोसँगको हारसँगै ब्रिगेडले १२ खेलमा ७ अंक जोडेको छ । ब्रिगेड पुछारबाट दोस्रो स्थानमा रहेको छ । सातदोबाटोले १२ खेलमा १८ अंक जोडेको छ । सातदोबाटो पाँचौ स्थानमा उक्लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर