जिउ ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ - कप्तान सन्दीप लामिछाने — OSNepal

जिउ ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ – कप्तान सन्दीप लामिछाने

LC (KTM) February 21, 2022 0

नेपालको क्रिकेटले लय समाउन थालेको छ । नेपाली क्रिकेटले बिश्वकपको बाटो समाउन थाले संगै क्रिकेट प्रेमीहरु खुशी देखिएका छन् । यसैबीच नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाललाई विश्वकपमा छनोट गराउन सेमिफाइनलमा युएईविरुद्ध ज्यु ज्यान लगाएर खेल्ने बताएका छन् । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट ए अन्तर्गत सोमबार क्यानडाविरुद्ध जितपछि बोल्दै कप्तान सन्दीपले नेपाललाई विश्वकपमा छनोट गराउने बताएका हुन् ।

हाम्रो तर्फबाट अहिलेसम्म शतप्रतिशत दिएका छौँ । त्यसरी नै भोलि पनि ज्यु ज्यान लगाएर नेपाललाई विश्वकपमा छनोट गराउने छौँ ,ु सन्दीपले भने । क्यानडालाई हराएसँगै नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अब नेपालले भोलि युएईविरुद्ध खेल्नेछ ।यस्तै सन्दीपले अहिलेसम्म विश्वास गरेकोमा समर्थकहरुलाई धन्यवाद दिए । क्यानडाविरुद्ध कप्तान सन्दीप प्लेयर अफ दि म्याच समेत चुनिए । फाइनल प्रवेश गर्ने टोली अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुने आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको लागि छनोट हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर