एमसीसीको विपक्षमा मतदान गछौं तर सरकार भने छाड्दैंनौं — OSNepal

एमसीसीको विपक्षमा मतदान गछौं तर सरकार भने छाड्दैंनौं

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले एमसीसीको विपक्षमा मत हालेपनि आफ्नो पार्टी सरकारबाट नबाहिरिने बताएका छन् ।

सरकालाई दिएको समर्थन पनि फिर्ता नगर्ने भन्दै एमसीसीको मतदान हुने लिन विपक्षमा मतदान हाल्ने उनले बताएका हुन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कार्यक्रममा भनेका छन् , ‘अहिले एमसीसी सदनमा टेबुल भयो । हामी किन यसको विरोधमा छौं भन्ने कुरा धेरै पहिलेदेखि नै भनेका छौं । हामी त जनताको हितमा कुरा गर्छौं । जनतामा एमसीसीविरुद्धको मनौवैज्ञानिक छ । यो संवैधानिक हिसाबले बेठिक छ। यो एमसीसी किन सदनमा टेबुल गरियो ? यो गलत छ ।,

‘यसमा अमेरिकाको नियत नै बेठिक छ । एमसीसी आईपिएसको पार्ट हो भनेर अमेरिकी अधिकारीहरुले भनेका छन, यो भनेपछि यो सुरक्षासँग जोडिएको छ । अमेरिकन अधिकारीहरुले पनि पटक–पटक एमसीसी आईपिएसको पार्ट हो भनेर भनेका छन् ।’

संसदमा आफुहरु बहिष्कार र न्यूट्रल नगरी विपक्षमा मतदान गछौं भनेका उनले गठवन्धन मुलुकलाई अराजकताबाट बचाउनको बनाएको हो सरकारबाट बाहिरिने कुरा आफूहरुले नसोचेको बताएका छन् । साथै उनले एमसीसीको मतदान गर्दा पार्टीका सांसदहरुलाई ह्वीप लगाउन नहुने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर