बोल्यो कांग्रेस : अब माओवादी र एकिकृत समाजवादीले सरकारमा बस्ने नैतिकता गुमाइसक्यो — OSNepal

बोल्यो कांग्रेस : अब माओवादी र एकिकृत समाजवादीले सरकारमा बस्ने नैतिकता गुमाइसक्यो

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले प्रचण्ड र माधव नेपालको पार्टीले सरकारमा बस्ने नैतिकता गुमाइसकेको बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमसीसीको विषयमा दोहोरो भुमिका खेलेको भन्दै उनले यस्तो बताएका हुन् ।

‘उहाँहरुले अब सरकारमा बस्ने नैतिक अधिकार गुमाईसक्नुभएको छ । यो गठबन्धनमा रहने कुरा पनि गुमाउनुभएको छ।’ एमसीसीबारे नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दोहोरो भूमिका खेलेको खेल्नुभयो’ उनले भने ।

सरकारमा भएको व्यक्ति सडकमा गएर मुर्दावाद भन्न नमिल्ने बताएका उनले भने, ‘राजनीतिक दलहरुले स्पष्ट बोल्नुपर्छ । एमालेले पनि स्पष्ट बोल्नुपर्ने हो । प्रचण्डजीको माओवादी केन्द्र पनि स्पष्ट रुपमा बोल्नुपर्ने हो । नेकपा एकीकृत समाजवादीले पनि स्पष्ट बोल्नुपर्ने हो । तर, यहाँ द्धेद्ध चरित्र देखियो ।’

एमसीसी नेपालको हितमा छ , यसले नेपाललाई भलो गर्छ ,पूर्वाधार विकास र प्रशारण लाईनको विकास हुन्छ भन्ने विषयमा जनाकारी नहुँदा जनता समेत अन्योलमा परेको समेत उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर