गोकर्ण विष्ट भन्छन् 'उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी छ, संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ' — OSNepal

गोकर्ण विष्ट भन्छन् ‘उपप्रधानमन्त्री महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी छ, संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ’

LC (KTM) June 05, 2021 0

काठमाडौं- उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्ति प्रति। नेकपा एमालेका नेता गोकर्ण विष्टले आपत्ती जनाएका छन् । पूर्वमन्त्री समेत रहेका विष्टले राज्यको जिम्मेवार पदमा बसेको व्यक्तिबाट भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको भन्दै उनले महतोको अभिव्यक्ति अराजक र संविधान विरोधी भएको बताएका छन् ।

विष्टले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका छन् ‘उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकूल छ । जिम्मेवार पदमा रहेका व्यक्तिबाट यसप्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ ।’

नवनियुक्त उपप्रधानमन्त्री महतोले पदभार ग्रहण लगत्तै बहुराष्ट्र र बहुराज्य सञ्चालन गर्ने मुक्ति आन्दोलन जारी रहेको अभिव्यक्ति दिए पछि उनको चौतर्फी बिरोध भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर