आफैं सदनमा र आफैं सडकमा आएका प्रचण्ड - नेपालका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरे : अध्यक्ष ओली — OSNepal

आफैं सदनमा र आफैं सडकमा आएका प्रचण्ड – नेपालका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरे : अध्यक्ष ओली

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसीको विरोध र समर्थन सत्ता गठवन्धन दलकै नेताहरुबाट भएको भन्दै टिप्पणी गरेका छन् ।

सोमबार दहचोहस्थित कालु पाँडे समाधिस्थलमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले आफैं सदनमा र आफैं सडकमा आएको भन्दै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको आलोचना गरेका हुन् ।

दुवै पार्टीका अध्यक्षद्धय प्रचण्ड र माधव नेपाल जस्ता सरकारमा हुने क्रान्तिकारीहरुले बाटो भत्काएको भन्दै उनले भने , ‘ढुंगा हानेका छन्, इँट्टा हानेका छन् प्रहरी छ, कुटाइ खाएर भागेको छ २५ जना मान्छेले ढुंगा हानेको छ, डेढ सय पुलिस भागेको छ’ ।

एमसीसी पास गर्ने षड्यन्त्र गर्ने, टेबल गर्ने षड्यन्त्र गर्ने अनि आफुचाँही मुर्ति झैं बस्न कार्यकर्तालाई चाहीँ सडकमा पठाउने भन्दै प्रचण्ड नेपालको आलोचना गरेका उनले यताकालाई उठ उठ भन्ने उताकालाई बस बस भन्ने, एकथरीलाई सडकमा जाउ भन्ने एकथरीलाई सदनमा आऊ भन्ने भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर