खुशीको खबर : आज नेपालमा ८२४३ जनाले जिते कोरोना — OSNepal

खुशीको खबर : आज नेपालमा ८२४३ जनाले जिते कोरोना

LC (KTM) June 05, 2021 0

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ११ हजार ४७१ पीसीआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा ५०४२ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा ८ हजार २४३ जना कोरोना मुक्त भएका छन् ।

यो सँगै कोरोना जित्नेको संख्या ४ लाख ८४ हजार ३७३ रहेको छ । निको हुने बढेसँगै सक्रिय संक्रमित संख्या पनि घटेको छ । अहिले ९२ हजार ९२८ संक्रमित आइसोलेसनमा छन् । नेपालमा पछिल्लो २४ घन्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ७९९ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर