उपप्रधानमन्त्री महतोले सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै दिएको यस्तो अभिव्यक्ति प्रति गौतमले जनाए आपत्ती — OSNepal

उपप्रधानमन्त्री महतोले सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै दिएको यस्तो अभिव्यक्ति प्रति गौतमले जनाए आपत्ती

LC (KTM) June 05, 2021 0

काठमाडौँ २२ जेठ । नेकपा एमालेका नेता बामदेव गौतमले जनता समाजवादी पार्टी नेपालका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अभिव्यक्तिले आफूलाई दुःखी बनाएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत नेता गौतमले सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै यस्तोअभिव्यक्ति दिएपछि आपत्ती जनाएका हुन् ।

‘नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनी देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के।पी।ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु’ नेता गौतमले भनेका छन् । नेता गौतमले महतोले दिएको अभिव्यक्ति स‌ंविधानविपरीत भएको समेत बताएका छन् ।

गौतमले लेखेका छन् , नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनि सपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफुले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुखी भएको छु । नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौं विशेषता सहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ अनेकौं विशेषता सहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो । राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई बिघटन गर्ने आन्दोलनलाई कुनै पनी देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्विकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री श्री के।पी।ओलीले राजेन्द्र महतोले संचालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर