एमसीसी जस्तो सहयोग जसले दिएपनि आँखा चिम्लिएर स्वीकार गछौं : कांग्रेसका प्रवक्ता महत — OSNepal

एमसीसी जस्तो सहयोग जसले दिएपनि आँखा चिम्लिएर स्वीकार गछौं : कांग्रेसका प्रवक्ता महत

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी परियोजना एमसीसी आँखा चिम्लिएर स्वीकार गर्ने बताएका छन् । सोमबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता महतले यस्तो अभिव्यक्ति दिएका हुन् ।

आइतबार जसरी संसदमा एमसीसी टेबल भयो त्यसैगरी अनुमोदन पनि हुने उनले दावी गरेका छन् । एमसीसी पास हुने समय सम्म सत्तारुढ दलहरुले सहयोग विश्वास लिएका उनले भने, ‘कसरी प्रस्तुत हुनुहुन्छ भन्ने विषय भने फागुन १२ गते देखिन्छ । ‘

सरकारमा सहभागी भएका सबै दलहरुले समर्थन गर्ने बताएका उनले ठोकुवाका साथ भनेका छन्, ‘कुन रुपमा सहयोग गर्नुहुन्छ हेर्न बाँकी छ, तर पास नहुने अवस्था आउँदैन ।’

एमसीसीलाई नेपालमा अनावश्यक राजनीतिकरण गरिएको र राष्ट्रघाती भनिएको प्रति आपत्ती जनाएका उनले भने,’नेपालको हित हुने कुनै पनि सहयोगलाई स्वागत गर्छौं ।’

एमसीसी जस्तो सहयोग जसले दिएपनि आँखा चिम्लिएर स्वीकार गर्ने भन्दै उनले भने, ‘बीआरआईमा मैले नै सही गरेको हुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर