सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसक्यो ,अब कुनै पनि बेला सरकारबाट बाहिरिन सक्छौं: प्रमुख सचेतक देव गुरूङ — OSNepal

सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसक्यो ,अब कुनै पनि बेला सरकारबाट बाहिरिन सक्छौं: प्रमुख सचेतक देव गुरूङ

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरूङले आफ्नो पार्टीले चाँडै नै सरकार छाड्न घोषणा गरेका छन् । एमसीसीको विषय सत्तागठवन्धनमा पेचिलो बन्दै जाँदा सरकारबाट बाहिरिने विषय समेत
बाहिर आउन थालेको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले सरकारबाट हट्नुपर्छ भन्ने पार्टीले नीतिगत रुपमा निर्णय गरिसकेको बताएका छन् ।‘कुन दिन हट्न भन्ने कुरा हो। यसका विषयमा छिट्टै पार्टीले निर्णय गर्छ’ उनले भने ।

यथास्थितिमा एमसीसी पास गरे सरकारबाट बाहिरने स्पष्ट पारिसकेको भन्दै उनले बाहिर एउटा र भित्र अर्को भन्ने दोहोरो चरित्र पार्टीको नहुने स्पष्ट पारेका छन् ।

राष्ट्रहित विपरित रहेको एमसीसीमा आफ्नो पार्टी विपक्षमा नै रहेको बताएका छन् । ‘हामी मत विभाजनमा जाँदा एमसीसीको विपक्षमा नै मतदान गर्छौं।’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर