काठमाडौं ९ फागुन । नेकपा (कीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक केहि बेर अगाडी मात्र सुरु भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यलयआलोकनगरस्थित सुरु भएको हो । आजको सचिवालय बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को विषयमा थप रणनीति तय विषयमा छलफल हुने भएको छ ।
आइतबार संसद बैठकमा एमसीसी टेबल भइसकेको छ । अब यस पछि आफ्नो पार्टीले खेल्ने भुमिकाको विषयमा आजको बैठकमा छलफल हुने बताईएको छ ।
नेकपा समाजवादी एमसीसीको विषयलाई लिएर दुई धारमा उभिएको छ । पार्टीका वरिष्ठ नेता झलनाथ खनालले त ससंद बैठकमा उभिएरै एमसीसीको विरोध गरेका थिए ।