अमेरिकी राजदूत बेरी भन्छन् 'नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा अत्यन्तै उत्साहित छु' — OSNepal

अमेरिकी राजदूत बेरी भन्छन् ‘नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा अत्यन्तै उत्साहित छु’

LC (KTM) June 05, 2021 0

काठमाडौं-नेपाललाई भ्याक्सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा आफु अत्यन्तै खुशी भएको नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बताएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कोरोना भाइरसविरुद्धको भ्याक्‍सिन सहयोग गर्ने घोषणा गर्न पाउँदा उत्साहित भएको बताएका हु्न् ।

अमेरिकाले नेपाल सहित दर्जन बढी मुलुकलाई ७० लाख खोप दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले २ करोड ५० लाख डोज कोभिड(१९ विरूद्धको खोप संसारका विभिन्न मुलुकहरूलाई बाँड्ने घोषणा गरेसँगै नेपाल पनि खोप आउने भएको छ । अमेरिकाबाट खोप आउने टु‌गो भएपनि कति खोप आउने टुंगो भने भएको छैन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर