एमसीसीलाई लिएर प्रचण्ड नेपालको दोहोरो चरित्र कहिलेसम्म? : विष्णु रिजाल — OSNepal

एमसीसीलाई लिएर प्रचण्ड नेपालको दोहोरो चरित्र कहिलेसम्म? : विष्णु रिजाल

LC (KTM) February 21, 2022 0

काठमाडौं ९ फागुन । नेकपा एमालेका नेता विष्णु रिजालले नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालमाथि प्रश्न गरेका छन् ।

नेता रिजालले एमसीसीको विषयलाई लिएर प्रचण्ड नेपाल माथि प्रश्न तेर्साएका हुन् । उनले अमेरिकासँग एमसीसी पारित गर्छौं भनेर कागज गर्ने अनि संसदमा किन विरोध गर्ने ? भन्दै प्रश्न गरेका छन् ।

सत्ता गठवन्धन बैठकमा एमसीसी संसदमा टेबल गर्न समर्थन जनाएका प्रचण्ड नेपालले संसद बैठक पछि भने सरकार गएपनि एमसीसीको विपक्षमा मतदान गर्ने बताएपछि यतिबेला प्रचण्डको नेपालदको तीव्र आलोचना भइरहेको छ ।

नेता रिजालले पनि एक कार्यक्रममासत्तामा पनि बस्ने, सडकमा पनि अराजकता प्रदर्शन गर्ने यो दोहोरो चरित्र कहिलेसम्म ? भन्दै प्रश्न गरेका हुन् ।

यस अघि पनि नेता रिजालले एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैच चरित्र र ‘कम्मल ओढेर घिउ खाने’ प्रवृत्ति फेरि पर्दाफास भएको भन्दै टिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर