सातदोबाटोविरुद्ध पराजय बेहोरे बीबीसी रेलिगेसनमा — OSNepal

सातदोबाटोविरुद्ध पराजय बेहोरे बीबीसी रेलिगेसनमा

LC (KTM) February 21, 2022 0

काठमाडौं – सहिद स्मारक ‘ए’ डिभिजन लिगमा यस सिजन घटुवा हुने दुई टोलीमध्ये एक टोलीको टुंगो लागिसकेको छ । रेलिगेसन ब्याटलका रूपमा हेरिएको खेलमा शनिबार फ्रेन्डस क्लबलाई नतिजा सुम्पिएपछि च्यासल युथ क्लब ‘बी’ डिभिजन मा घटुवा भएको थियो ।

च्यासलमाथिको जितले फ्रेन्डसले रेलिगेसन टार्ने सम्भावना बलियो पारेको थियो । तर आइतबार रेलिगेसनको डरमा रहेको जावलाखेल युथ क्लबले सो संकट टारेपछि १२औं स्थानको फ्रेन्डस र १३औैं स्थानको ब्रिगेड ब्वाइज क्लब (बीबीसी) मध्ये एक टोली रेलिगेसनमा पर्ने भएका हुन् ।

सोमबार सातदोबाटोसँग पराजित भएमा बीबीसीको ‘ए’ डिभिजन लिग हैसियत समाप्त हुनेछ । सातदोबाटोसँग अंक बाँडेमा भने बीबीसीको ‘ए’ डिभिजनमा रहिरहने झिनो सम्भावना कायम रहनेछ ।

तर प्रदर्शन र नतिजा हेर्ने हो भने सातदोबाटो बीबीसीमाथि हाबी हुन सक्छ । पहिलो पटक ‘ए’ डिभिजनमा प्रतिस्पर्धा गरेको सातदोबाटोले आफूलाई यस लिगको जायन्ट किलरको रूपमा स्थापित गर्ने क्रममा मनाङ, थ्री स्टार र नेपाल पुलिस क्लबलाई हराइसकेको छ ।

सातादोबाटो ११ खेलमा १५ अंकसहित सातौ स्थानमा छ । १२औं स्थानको फ्रेन्डसको १२ खेलमा १० अंक छ भने १३औं स्थानको बीबीसीको ११ खेलमा सात अंक रहेको छ ।अन्तिम खेलमा फ्रेन्डसले हिमालयन शेर्पाविरुद्ध खेल्ने छ भने बिबिसीले थ्री स्टार क्लबको समना गर्नेछ ।

बीबीसीलाई ‘ए’ डिभिजनमा रहिरहन सोमबार सातदोबाटोमाथिको जित पनि पर्याप्त नहुन सक्छ । त्यसका लागि बीबीसीले १३औं चरणमा हिमालयन शेर्पासँग फ्रेन्डसको हारको कामना गर्नुपर्नेछ र अन्तिम खेलमा पनि थ्री स्टारविरुद्ध कम्तीमा एक अंक जोड्नुपर्नेछ । बीबीसीका प्रशिक्षक सानोज श्रेष्ठ भने १०औं चरणमा फ्रेन्डसलाई नतिजा सुम्पिएपछि टोली रेलिगेसनको दबाबमा आएको बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर