अबमेयाङको ह्याटि्रकमा बार्सिलोनाको सहज जित — OSNepal

अबमेयाङको ह्याटि्रकमा बार्सिलोनाको सहज जित

LC (KTM) February 21, 2022 0

काठमाडौं, ९ फागुन – पिएरे एमरिक अबमेयाङको ह्याटि्रक प्रेरित बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भ्यालेन्सियामाथि ४-१ को सहज जित निकालेको छ । भ्रमणकारी क्याटलान क्लब बार्सिलोनाको जितमा अबमेयाङले दुई गोल गर्दा फ्राङ्क्लिन डि जोङ र पेड्रीले एक गोल गरे ।

इंग्लिस क्लब आर्सनलबाट फ्री मा सरुवा भएयता उनले बार्सिलोनाका लागि पहिलो गोल गरेका हुन् । अबमेयाङले खेलको २३, ३८ ६३ मिनेटमा गोल गरे ।

डि जोङले ३२ मिनेटमा गोल गरे । यस अघि पेड्रीले ६३ मिनेटमा गरेको गोल अबमेयाङलाई “टच” हुदा रेफ्रीले ह्याटि्रक गोल दिएका छन् । ५२ औं मिनेटमा कार्लोस सोलेरले भ्यालेन्सियाको लागि सान्त्वना गोल गरे ।

जितसँगै बार्सिलोनाले २४ खेलमा ४२ अंक जोडेर चौंथो स्थानमा छ । भ्यालेन्सिया ३० अंक जोडेर १२ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर