लिड्समाथि युनाइटेडको रोमाञ्चक जित — OSNepal

लिड्समाथि युनाइटेडको रोमाञ्चक जित

LC (KTM) February 21, 2022 0

काठमाडौं, ९ फागुन – लिड्स युनाइटेडलाई ४-२ गोल अन्तरले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले रोमाञ्चक जित निकालेको छ ।

लिड्सको मैदानमा युनाइटेडलाई जिताउन ह्यारी मग्वाएर, ब्रुनो फर्नान्डेज, फ्रेड र एन्थोनी इलान्गाले गोल गरे ।

यस्तै लिड्सका लागि रोड्रिगो मोरेनो र राफिन्फाले एक-एक गोल गरे । जितसँगै युनाइटेड २६ खेलमा ४६ अंक जोड्दै चौथो स्थानमा छ । लिड्स २४ अंक जोडेर १५औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर