कोरोना सङ्क्रमितको घरघरमा निःशुल्क आयुर्वेदिक औषधि — OSNepal

कोरोना सङ्क्रमितको घरघरमा निःशुल्क आयुर्वेदिक औषधि

LC (KTM) June 05, 2021 0

इलाम, २२ जेठ – गत वैशाख २७ गतेबाट औषधालयले अभियान नै चलाएर सकेसम्म सङ्क्रमितको घरघर औषधि पु¥याइरहेको छ । औषधालयले गुर्जोचुर्ण, जेष्ठीमधु चूर्ण, त्रिकटु चूर्ण र अश्वगन्धालगायत औषधि सङ्क्रमितलाई निःशुल्क उपलब्ध गराइरहेको छ । औषधिसँगै सङ्क्रमितलाई श्वासप्रश्वासमा सहज गराउन विभिन्न योग विधिसमेत सिकाइरहेको औषधालयका सूचना अधिकारी तीर्थ आचार्यले बताउनुभयो ।

सो आयुर्वेदिक औषधि सेवन गरेपछि शारीरिक रुपमा केही सहज भएको महसुस भएको इलाम–५ का वडाध्यक्ष ठाकुर श्रेष्ठले बताउनुभयो । अघिल्लो चरणको कोरोनाबाट सङ्क्रमित भएका श्रेष्ठले यस पटक आफूले पनि यो औषधि सेवन गरेको र इलाम नगरपालिकाका सङ्क्रमितलाई पनि औषधि वितरण गरिएको बताउनुभयो । सो नगरपालिकाका प्रवक्तासमेत रहनुभएका श्रेष्ठले मात्रा मिलाएर सेवन गर्दा सङ्क्रमित निको हुन सजिलो भएको जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर