केपी ओलीले सरकारमा भारतका दलालहरु ल्याए भन्दै गर्जिए माधव नेपाल — OSNepal

केपी ओलीले सरकारमा भारतका दलालहरु ल्याए भन्दै गर्जिए माधव नेपाल

LC (KTM) June 05, 2021 0

काठमाडौं । नेकपा एमालेबाट निष्कासित वरिष्ठ नेता माधवकुमार नेपालले भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू सरकारमा हालीमुहाली भएको आरोप लगाएका छन् । शनिबार आफूनिकट जिल्ला पदाधिकारीसँगको छलफलमा नेता नेपालले त्यस्तै गम्भिर ारोप लगाएका हुन् । भर्चुअल छलफल बोल्दै उनले ओली सरकारमा सहभागी भएका मधेसी नेताहरुमाथि उक्त आरोप लगाए ।

सो अवसरमा उनले भारतको नांगो दलालका रूपमा देखा परेका तत्वहरू आज सरकारमा हालीमुहाली भएर जिम्मेवारी सम्हालेर बसेका छन् । उनले केपीको भारतसँगको साँठगाँठ पनि प्रष्टै रुपमा देखिएको भन्दै यसले मुलुकलाई राम्रो नगर्ने पनि दाबी गरे । उनका अनुसार ओलीको विचार र व्यवहारले नै मुलुकमा दक्षिणपन्थी शक्तिहरू उत्साहित भएका छन् ।अब, आगामी दिनमा वामपन्थी शक्तिहरूमाथि संकट थपिन सक्ने पनि उनले बताए ।

उनले भने, ‘हामीले चैतमै गरेको विश्लेषणले हिजो गरेको मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको छ त्यसले प्रष्ट पारेको छ कि लोकतन्त्र, संविधानमाथि, परिवर्तनमाथि, वामपन्थमाथि संकट थोपर्नुभएको छ ।’ भर्चुअल सम्बोधनका क्रममा नागरिकता विधेयक, गिट्टी बालुवा निकासीजस्ता विषयतर्फ पनि नेता नेपालले आफ्नो भनाइ राखेका छन् । उनले भने, ‘चुरे फाँडेर नेपाललाई मरुभूमि बनाएर इण्डियाको भलाइ गर्ने । आयोडिन नुनजस्तो सस्तोमा उपलब्ध हुने वस्तुलाई व्यापारीको जिम्मा लगाउनुले दक्षिणपन्थीको चंगुलमा फसेको देखिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर