भीम रावललाई गगनको चुनौती : एमसीसी राष्ट्रघाती हो भने संसद भवनभित्र केपी ओली राष्ट्रघाती मुर्दावाद भनेर नारा लगाउनुपर्छ — OSNepal

भीम रावललाई गगनको चुनौती : एमसीसी राष्ट्रघाती हो भने संसद भवनभित्र केपी ओली राष्ट्रघाती मुर्दावाद भनेर नारा लगाउनुपर्छ

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलहरुले एमसीसीको विषयमा स्पष्ट पार्नु पर्ने बताएका छन् । एमसीसीको पक्षमा या विपक्षमा स्पष्ट पार्नु पर्ने बताएका उनले संसद बैठक पछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग यस्तो बताएका हुन् ।

‘एमसीसीका विषयम राजनीतिक दलहरूले ‘डबल स्टान्डर्ड’ छोड्नुपर्छ, पक्षमा हो भने पक्षमा विपक्षमा हो भने विपक्षमा’ उनले भने ।

आधाले विपक्षमा लागेजस्तो गर्ने, आधाले पक्षमा लागेको जस्तो कुरा गर्नेले पनि यस्तो गर्न बन्द गर्नुपर्ने बताएका उनले भने ‘एमसीसी राष्ट्रघाती भन्ने हो भने एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरूले पार्टीका अध्यक्षविरुद्ध नाराबाजी गर्नसक्नु पर्छ ‘।

नेता भीम रावलका नाम लिँदै महामन्त्री थापाले एमसीसी राष्ट्रघाती भए अध्यक्ष केपी ओली राष्ट्रघाती मुर्दावाद भनेर संसदभित्र नारा लगाउन सक्नुपर्ने भन्दै चुनौती समेत दिएका छन् ।

‘ यो राष्ट्रघाती हो भनेर माओवादीका सांसहरूले र माधव नेपाल मुर्दावाद भनेर नेकपा एकीकृत समाजवादीका सांसदहरूले नारा लगाउनुपर्छ’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर