संसदमा एमसीसी टेबल गर्न समर्थन गरेका माधव नेपाल बाहिर आएर भन्छन्, सरकार जेसुकै होस्, एमसीसी पास गर्नमा समर्थन गरिदैंन — OSNepal

संसदमा एमसीसी टेबल गर्न समर्थन गरेका माधव नेपाल बाहिर आएर भन्छन्, सरकार जेसुकै होस्, एमसीसी पास गर्नमा समर्थन गरिदैंन

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । सत्तागठवन्धन दलनेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले एमसीसी संसदमा टेबल भए पनि आफुहरु यसको विरोधमा नै रहेको बताएका छन् ।

आज  बसेको  संसद  बैठकमा एमसीसी   टेबल  भएपछि    संसद भवनबाट   बाहिरिने क्रममा  उनले  एमसीसी   संसदमा टेबल  भएपनि      यसको  आफुहरु  विरोधी  भएको  बताएका   हुन्  । 

‘सरकार जेसुकै भए पनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन छैन । ‘उनले भने ।

सरकारलाई संसदमा टेबल गर्न दिएको नेकपा एसले पास गर्न नदिने स्पष्ट पारेको छ । यता प्रधानमन्त्री शेरबहादुर देउवा भने अब एमसीसी पास हुन्छ भन्ने अभिव्यक्ति दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर