काठमाडौं ८ फागुन । संसद बैठक फागुन १४ गतेसम्मका लागि स्थगित भएको छ ।
आज बसेको संसद बैठकले एमालेका सांसदहरुको नारावाजीका बिच पनि एमसीसी टेबल भएपछि संसद बैठक चार दिनका लागि स्थगित गरिएको हो । सत्तागठवन्धन दलकै नेताहरुको विरोधका बामजुत पनि एमसीसी टेबल भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेसँगैसभामुख अग्निप्रसाद सापकोटाले बैठक चार दिनका लागि स्थगित गरेका हुन् ।