काठमाडौं ८ फागुन । प्रतिनिधिसभाको बैठक नयाँ बानेश्वर स्थित संसद भवनमा सुरु भएको छ । बैडक सुरु भएलगत्तै नेकपा एमालेका सांसदहरुले बैठक अवरोध गरेका छन् ।
आफ्नो माग पुरा नभएसम्म संसद अवरोध कायमै राख्ने भन्दै आज बसेको संसद बैठकमा पनि अवरोध गरेको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउँना साथ एमालेका सासंदहरुले नारावाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।
आजको संसद बैठकमा एमसीसी टेबल गर्ने कार्यसुची रहेको छ ।