एमसीसीको विषयमा माओवादीका तिन सांसदले पार्टीको निणर्य प्रति असहमति जनाउँदै लेखे सभामुखलाई यस्तो पत्र — OSNepal

एमसीसीको विषयमा माओवादीका तिन सांसदले पार्टीको निणर्य प्रति असहमति जनाउँदै लेखे सभामुखलाई यस्तो पत्र

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । आज बसेको कार्यव्यवस्था समितिको बैठकमा संसदमा एमसीसी टेबल गर्न निर्णय भएको छ ।

अहिले बस्न लागेको संसद बैठकमा एमसीसी टेबल गर्ने यस अघिको सत्ता गठवन्धनको बैठकमा पनि सहमत भएको थियो ।

तथापी, नेकपा माओवादी केन्द्रका तीन जना सांसद भने पार्टीको यो निणर्य प्रति असहमति जनाउँदै सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति स्पष्ट पारेका छन् । जसमा पार्टीका प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्ती रहेका छन् ।

विना राष्ट्रिय सहमति र संशोधन र परिमार्जनको सुनिश्चितता नभएको तथा संसद अवरुद्ध रहेको अवस्थामा एमसीसी टेबल गर्न हनुने भन्दै पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर