काठमाडौं ८ फागुन । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्र तनाव ग्रस्त बनेको छ । प्रहरीले घोषणा गरेको निषेधित क्षेत्रबाट प्रदर्शनकारी अगाडी बढेपछि प्रहरीले प्रदर्शनकारी माथि पानीको फोहोरा हानेको छ ।
केहि प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ । आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने सत्ता गठवन्धनमा सहमति भएपनि माओवादी नेकपा एसका कार्यकर्ता विरोधमा उत्रिएका छन् ।
संसद भवन अगाडी ठुलो संख्यामा सुरक्षा कर्मी तैनाथ गरिन पनि यतिबेला त्यस क्षेको अवस्थामा भने तनावग्रस्त रहेको छ ।
जसको असर उपत्याकोको यातायात आवागमनमा असर परेको छ ।