आज बस्ने संसद बैठकमा एमसीसी टेबल हुने भएपछि संसद भवन वरिपरिको सुरक्षा व्यवस्थामा थप कडाइ — OSNepal

आज बस्ने संसद बैठकमा एमसीसी टेबल हुने भएपछि संसद भवन वरिपरिको सुरक्षा व्यवस्थामा थप कडाइ

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । आज दिउँसो बस्ने संसद बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल गर्ने सत्ता गठवनधनबिच सहमति भएपछि संसद भवन वरिपरिको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

एमसीसी विरुद्ध नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले जारी राखेको प्रदर्शनलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

६ कम्युनिष्ट पार्टीको आज संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ । साथै गठवन्धन दलका माओवादी र नेकपा एसका कार्यकर्ताले पनि विरोध गर्ने जनाएका छन् ।

संसदमा एमसीसी टेबल गर्ने विषयमा भने प्रचण्ड र माधव नेपाल सुहमत भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर