एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु — OSNepal

एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेर अगाडी मात्र सुरु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गरी साझा धारणा ल्याउन गठवन्धनबिच बैठक सुरु भएको हो ।

आज बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने विषयम बैठकमा छलफल हुने भएको छ । पटक पटक बसेको गठवन्धनको बैठक निष्कर्षविहिन भएको हुँदा आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

नेकपा एकिकृत समावादी पार्टीले एमसीसी संसदमा टेबल गर्ने दिने निणर्य गरेपछि सडकमा उत्रिएको माओवादी पनि यस विषयमा केहि लचिलो भएको छ ।

आजको बैठकमा भने सहमति जुट्न सक्ने सम्भावना बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर