सत्ता गठवन्धन बैठक अगावै प्रचण्ड - नेपाल बिच भेटवार्ता — OSNepal

सत्ता गठवन्धन बैठक अगावै प्रचण्ड – नेपाल बिच भेटवार्ता

LC (KTM) February 20, 2022 0

काठमाडौं ८ फागुन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल वीच भेटवार्ता भएको छ । अध्यक्ष नेपाललाई भेट्न प्रचण्ड नेपाल निवास कोटेश्वर पुगेका हुन् ।

संसद बैठक अगाडी एमसीसीको विषयमा गठवन्धनबिच साझा धारणा बनाउन बस्ने लागेको सत्तागठवन्धनको बैठक अगावै प्रचण्ड नेपाल बिच आधा घण्टा भेटवार्ता भएको हो ।

शनिबार बसेको नेकपा एसको बैठकमा संसदमा एमसीसी टेबल गर्न दिने सहमति भएपछि माओवादी पनि केहि लचक भएको छ । दुई नेता बिच पनि यहि विषयमा छलफल भएको बुझिएको छ ।

एमसीसी संसदमा लान दिएपनि संशोधन विना पारित गर्ने पक्षमा भने प्रचण्ड नेपाल सहमत भएका छैनन् । साथै, भेटघाट पछि दुवै नेता सत्ता गठवन्धनको बैठकको लागि प्रधानमन्त्रीको निवास बालुवाटार लागेका छन् ।

साथै, आजै सभामुख अग्नि प्रसाद सापकोटाले पनि संसद बैठकको कार्यसुची तय गर्न अहिले ११ बजे कार्य व्यवस्था परामर्शको समितिको बैठक बोलाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर