सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट नगरपालिका घोषित — OSNepal

सर्लाहीको हरिवन नगरपालिका उत्कृष्ट नगरपालिका घोषित

LC (KTM) February 19, 2022 0

सर्लाही ७ फागुन । सर्लाहीको हरिवन नगरपालिका यस वर्षको जिल्लाकै उत्कृष्ट नगरपालिका घोषित भएको छ । नगर विकास कोषले आफ्नो ३४औँ वार्षिकोत्सवका अवसरमा उत्कृष्ट नगरपालिकाको रुपमा छनौट गर्दै सम्मान गरेको हो ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेललाई उक्त कोषको लगानीमा निर्माण गरिएका आयोजनामध्ये उक्त नगरपालिकाले सफल कार्यान्वयन तथा व्यवस्थापन गरेको भन्दै कदरपत्र गरेका थिए ।

उक्त कोषको लगानीमा हरिवन नगरपालिका–११ को बजारमा सुविधा सम्पन्न व्यावसायिक भवन निर्माण गर्नाका साथै अन्य योजना पनि सञ्चालनमा रहेका नगरप्रमुख गणेशप्रसाद प्रसाईंले जानकारी दिए ।

यसअघि उक्त कोषको ३३औँ वार्षिकोत्सवमा लालबन्दी नगरपालिका जिल्लाकै उत्कृष्ट नगरपालिकाको रुपमा सम्मानित भएको थियो । कोषले लगानी गरेका योजनाको अनुगमन गरी सफल कार्यक्रम सञ्चालन गरिएका आधारमा मूल्याङकन गरी उत्कृष्ट घोषणा गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर