चुनावबाट आउने परीणामले पाँच दलीय गठबन्धन पत्तासाफ हुन्छ : अध्यक्ष ओली — OSNepal

चुनावबाट आउने परीणामले पाँच दलीय गठबन्धन पत्तासाफ हुन्छ : अध्यक्ष ओली

LC (KTM) February 19, 2022 0

काठमाडौं ७ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा (एमलो) का अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि वर्तमान गठवन्धनको दलहरुलाई टर्च बालेर खोज्नुपर्ने टिप्पणी गरेका छन् । \

शनिबार सूर्यविनायक नगर अस्पताल उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले यस्तो बताएका हुन् ।

वर्तमान गठवन्धन स्वार्थी भएका कारण धेरै नटिक्ने बताएका उनले भने , टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं, फेरि चुनाव आउँछ,त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ । देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।

उक्त उद्घाटन कार्यक्रममा उनले देशमा प्रजातन्त्र आएकोले फेरि गतिलो सरकार बन्ने समेत बताएका छन् । चुनावबाट आउने परीणामले पाँच दलीय गठबन्धन पत्तासाफ हुन्छ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर