आजको आवश्यकता संविधानसभा मार्फत जारी भएको नेपालको संविधानको संरक्षण गर्ने प्रण गर्नु : रामचन्द्र पौडेल — OSNepal

आजको आवश्यकता संविधानसभा मार्फत जारी भएको नेपालको संविधानको संरक्षण गर्ने प्रण गर्नु : रामचन्द्र पौडेल

LC (KTM) February 19, 2022 0

काठमाडौं ७ फागुन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको आवश्यकता भनेको संविधानसभा मार्फत जारी भएको नेपालको संविधानको संरक्षण गर्ने प्रण गर्नु नै भएको बताएका छन् । नेता पौडेलले आज राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै यस्तो बताएका हुन् ।

अब मुलुकको आर्थिक समृद्धिमा लाग्नुको विकल्प नरहेको स्पष्ट पार्दै उनले भने , ‘नेपाली जनताले क्रान्तिका माध्यमबाट आफ्नो मौलिक हक , स्वतन्त्रता, समानता आदि हक अधिकार प्राप्त गरेको २००७ सालको क्रान्ति निष्कर्षमा पुगेसंगै फेरी जनताको राजनैतिक अधिकार कुण्ठित गर्ने षड्यन्त्र भयो । जसका कारणले २०१७ साल पुस १ गते सैनिक ‘कु’ गरियो । २००७ सालमा संविधानसभा मार्फत संविधान बनाउने नेपाली जनताको अधिकारलाई कुण्ठित गरियो ।’

जारी सन्देशमा भनिएको छ, आज पर्यन्त नेपाली जनताले पाएका अधिकारमाथि षड्यन्त्र रोकिएको छैन् । हामीसंग संगै स्वतन्त्र भएका मुलुकहरुले आर्थिक उन्नती हासिल गरेका छन् तर हामी भने राजनैतिक व्यवस्थाको टुंगो लगाउन नसक्दा पछि परेका हौं ।

हार्दिक शुभकामना !

नेपालीले आफैले क्रान्ति गरेर रैतीबाट नागरिक भएको ऐतिहासिक दिनको अवसरमा सर्वप्रथम देश विदेशमा रहनुहुने सम्पुर्ण दिदिबहिनी दाजु भाइमा हार्दिक शुभकामना १प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्ति लगायत त्यस पश्चातका सम्पुर्ण लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन आहुति दिने शहीदहरु प्रति उच्च सम्मान व्यक्त गर्दछु ।

नेपाली जनताले क्रान्तिका माध्यमबाट आफ्नो मौलिक हक , स्वतन्त्रता, समानता आदि हक अधिकार प्राप्त गरेको २००७ सालको क्रान्ति निष्कर्षमा पुगेसंगै फेरी जनताको राजनैतिक अधिकार कुण्ठित गर्ने षड्यन्त्र भयो । जसका कारणले २०१७ साल पुस १ गते सैनिक ‘कु’ गरियो । २००७ सालमा संविधानसभा मार्फत संविधान बनाउने नेपाली जनताको अधिकारलाई कुण्ठित गरियो ।

आज पर्यन्त नेपाली जनताले पाएका अधिकारमाथि षड्यन्त्र रोकिएको छैन् । हामीसंग संगै स्वतन्त्र भएका मुलुकहरुले आर्थिक उन्नती हासिल गरेका छन् तर हामी भने राजनैतिक व्यवस्थाको टुंगो लगाउन नसक्दा पछि परेका हौं ।

अब हामीले २००७ सालको क्रान्तिको जगमा टेकेर संविधानसभा मार्फत संविधान लेखिएको अवस्थामा यो राजनैतिक व्यवस्था सुदृढिककरण मार्फत मुलुकको आर्थिक समृद्धिमा लाग्नुको विकल्प छैन । आजको आवश्यकता भनेको संविधानसभा मार्फत जारी भएको नेपालको संविधानको संरक्षण गर्ने प्रण गर्नु नै हो । जय नेपाल !!
फागुन ७, २०७८
– काठमाडौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर