आज नेपाली जनताको एकताबद्ध संघर्षबाट निरकुंश जहाँनिया राणा शासनको अन्त्य भएको दिन : अध्यक्ष ओली — OSNepal

आज नेपाली जनताको एकताबद्ध संघर्षबाट निरकुंश जहाँनिया राणा शासनको अन्त्य भएको दिन : अध्यक्ष ओली

LC (KTM) February 19, 2022 0

काठमाडौं ७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्रको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्रको दिवसको अवसरमा अध्यक्ष ओलीले राष्ट्रिय प्रजातन्त्र प्राप्तिका लागि बलिदान गरेका तथा सबै सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

अध्यक्ष ओलीले जारी गरेको शुभकामना सन्दशेमा भनिएको छ, ‘आज नेपाली जनताको एकताबद्ध संघर्षबाट निरकुंश जहाँनिया राणा शासनको अन्त्य भएको दिन, २००७ साल फागुन ७ गते, आजकै दिनलाई नेपालको इतिहासमा हामीले उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौँ’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर