बुढेशकालमा यस्तो काम गरेर लुकेर बसेका स्याङ्जाका ५० वर्षीय शंकर घरबाटै समातिए — OSNepal

बुढेशकालमा यस्तो काम गरेर लुकेर बसेका स्याङ्जाका ५० वर्षीय शंकर घरबाटै समातिए

LC (KTM) February 18, 2022 0

स्याङ्जा ज्यान मार्ने उद्योगरचोरी मुद्दाका फरार प्रतिवादी आँधिखोला गाउँपालिका(५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधबार प्रहरीले पक्राउ गरेको छ ।

शंकरले आँधिखोला गाउँपालिका(५ बस्ने बल बहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा समेत चोरी लगेको घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनराबेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले ५ वर्ष कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेला पारी पक्राउ गरेको हो । उनलाई अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर