बलिउड अभिनेता अमिताभको एक पछि अर्को सहयोग — OSNepal

बलिउड अभिनेता अमिताभको एक पछि अर्को सहयोग

LC (KTM) June 05, 2021 0

मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनाका कारण संकटमा परेका केही सञ्चारकर्मीलाई सहयोग गरेका छन् । हुनत् उनी सर्वसाधारणलाई सहयोग गर्न सधै अघि सर्ने गर्दछन् । केही दिनअगाडि मात्रै उनले सर्वसाधारणका लागि २२ करोड रुपैयाँ सहयोग गरेका थिए । अहिले फेरि अभिनेता अमिताभले कोरोना कहरले आर्थिक संकटमा परेका पत्रकारलाई मद्दत गरेका हुन् । सौर्य दैनिकमा खबर छ । कोरोना संक्रमणपछि कयौं फ्रिलेन्सर पत्रकार तथा फोटोग्राफर काम नभएको कारण आर्थिक समस्यासँग जुँधिरहेका थिए । अमिताभले हालै तिनै पत्रकारको खाना, बिजुलीको बिल, घर भाडा, बच्चाको विद्यालय शुल्क लगायतको आवश्यक आधारभुत आवश्यकता पूरा गरिदिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

अमिताभले संकटमा परेका फ्रिलेन्सर पत्रकारको मद्दतका लागि केहीअघि सहयोगको इच्छा राखेका थिए । त्यस्तै उनीसँग त्यस्ता पत्रकार तथा फोटोग्राफरको एक लिस्ट पनि रहेको जनाइएको छ । उनी विश्वस्त हुन चाहन्थे कि उनले गरेको सहयोग सही व्यक्तिसम्म पुगोस् भनेर । उनी सञ्चारकर्मीको गुजारा कसरी चलिरहेको छ भनेर उनी चिन्तित रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । अमिताभले पत्रकारको तीन महिनाको आवश्यक खर्च दिएका छन् । उनले सञ्चार क्षेत्रमा २०–२५ वर्षदेखि काम गरिरहेका फिलेन्सर पत्रकार रहेका छन् । अमिताभले भने यो सहयोग गुपचुप ढंगले गरेका हुन् । किनकी केहीअघि कोरोना संकटमा सहयोग गरेको कारण उनी ट्रोल बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर