लकडाउनमा लखर लखर हिडेका यि बलिउड अभिनेता टाइगर र प्रेमिका दिशा पटानीलाई आई पर्यो अर्को फर्साद — OSNepal

लकडाउनमा लखर लखर हिडेका यि बलिउड अभिनेता टाइगर र प्रेमिका दिशा पटानीलाई आई पर्यो अर्को फर्साद

LC (KTM) June 05, 2021 0

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीविरुद्ध मुम्बई पुलिसले एफआइआर दर्ता गरेको छ । कोरोनाका कारण लगाइएको लकडाउनका बेला यी दुई कलाकारलाई १ जुनमा मुम्बईमा घुमफिर गरिरहेको अवस्थामा प्रहरीले सोधपुछ गरेको थियो । यी दुई कलाकार लकडाउनका बेला बाहिर निस्कनुको ठोस कारण केही पनि नपाएको मुम्बई प्रहरीले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनीहरुको कागजपत्र चेक गरेर प्रहरीले छाडेको थियो । यसैबीच प्रहरीले यो घटनाको छानबिन गरेर एफआइआर दर्ता गरेको खबर बाहिरिएको छ ।

मुम्बई प्रहरीको आधिकारिक ट्वीटरमा यी दुई कलाकारका विरुद्ध धारा १८८ अनुसार एफआइआर दर्ता गरिएको उल्लेख छ । मुम्बईमा १५ जुनसम्म कफ्र्यू लगाइएको छ भने बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्र बाहिर निस्कने छुट छ ।सौर्य दैनिकमा खबर छ । मंगलबार जिम सकेर अभिनेत्री दिशा र अभिनेता टाइगर लामो ड्राइभमा निस्किएको भारतीय माध्यमले जनाएका छन् । टाइगर कारको पछाडि सिटमा बसेका थिए भने दिशा अगाडि सिटमा बसेकी थिइन् । दुई कलाकारको आधार कार्ड चेक गरेर प्रहरीले उनीहरुलाई छाडेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर