नेपालमा दुई सातायता कोरोना संक्रमण थपिने भन्दा निको हुने दोब्बर — OSNepal

नेपालमा दुई सातायता कोरोना संक्रमण थपिने भन्दा निको हुने दोब्बर

LC (KTM) June 05, 2021 0

विगत दुई सातायता दैनिक थपिने सङ्क्रमितको सङ्ख्यालाई निको हुनेको सङ्ख्याले उछिनेको छ । लगातार १४ औँ दिन शुक्रबार आठ हजार ६६३ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने नयाँ थपिएका सङ्क्रमितको सङ्ख्या चार हजार ६२४ रहेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

हालसम्म पाँच लाख ८१ हजार ५६० जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा चार लाख ७६ हजार १३० जना निको भइसकेका छन् । ३१ लाख २१ हजार १२० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिले निको हुने दर ८१।९ प्रतिशत छ । यो दर अफगानिस्तान, भुटान, माल्दिभ्स् र श्रीलङ्काभन्दा बढी हो भने बङ्गलादेश, भारत र पाकिस्तानभन्दा कम हो । बङ्गलादेश र भारतको निको हुने दर ९२।५ र पाकिस्तानको ९१।८ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर